नक्कली नोट छाप्ने मेसिनसहित तीनजना पक्राउ «

नक्कली नोट छाप्ने मेसिनसहित तीनजना पक्राउ

 बौद्ध प्रहरीले नक्कली नोट छाप्ने मेसिनसहित ३ जनालाई सोमबार पक्राउ गरेको छ । गोकर्णेश्वर नगरपालिका– ६ नयाँबस्ती विपुल चोकमा रहेको रोशन दवाडीको घरको दोस्रो तलामा कोठा भाडामा लिई बस्ने पृथ्वी राज भन्ने राजन परियार समेतलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट एक हजारका नक्कली नोटहरु तथा नोट छाप्ने मेसिन बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्