Logo

‘क्वार्ज क्रिष्टल’ले गोरखाको पर्यटन प्रवर्द्धनमा इँट्टा थपेको छ: प्रधानमन्त्री

गोरखा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुमूल्य धातु ‘क्वार्ज क्रिष्टल’ ले गोरखाको पर्यटन प्रवर्द्धनमा नयाँ इँट्टा थपिएको बताएका छन् ।

गोरखा नगरपालिकाले शुक्रबार गोरखा दरबार परिसरमा आयोजना गरेको क्वार्ज क्रिष्टल प्रतिस्थापन कार्यक्रममा उनले ऐतिहासिक र पुरातात्विक महत्व बोकेको जिल्लामा बहुमूल्य धातु क्वार्ज क्रिष्टलको प्रतिस्थापन हुनुले यहाँको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।

“क्वार्ज क्रिष्टल प्रतिस्थापनले यस क्षेत्रको महत्व र भूमिकालाई अझ व्यापक रुपमा स्थापित गर्छ भन्ने मेरो विश्वास छ”, प्रधानमन्त्री भने, “यसले गोरखाको पर्यटन विकासमा पनि थप गुणात्मक भूमिका खेल्नेछ ।” उनले क्वार्ज क्रिष्टलको सुरक्षा व्यवस्था गम्भीरतापूर्वक मिलाउन र ऐतिहासिक स्थललाई थप व्यवस्थित बनाउन सम्बन्धित सबैलाई निर्देशन दिए ।

तत्कालीन राजा पृथ्वीनारायण शाहको गद्दी कक्षमा उक्त क्वार्ज क्रिष्टल प्रतिस्थापन गर्नुअघि दरबार परिसरमा उक्त क्वार्ज क्रिष्टलमा शिला पूजासमेत गरिएको थियो । उनले गोरखाको ऐतिहासिकतालाई सम्वर्द्धन गर्न आफ्नो ठाउँबाट भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।

चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेटमा यस क्षेत्रका केही विषय समेट्न सहज नभए पनि आगामी आवको नेतृत्व आफैँले गरिरहेकाले आगामी आव नयाँ, विकाससँग सम्बन्धित र जनतालाई उत्साहित पार्ने किसिमक बजेट आउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्