चाडपर्व र जात्रा संरक्षणमा होटल संघ नेपालको प्रयास

काठमाडौं– होटल संघ नेपालले सातै प्रदेशका चाडपर्व, उत्सव तथा जात्रा समेटेर तयार गरिएको नयाँ वर्षको टेबुल क्यालेण्डर सार्वजनिक गरेको छ । काठमाडौंमा बिहीबार भएको कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सो क्यालेण्डर सार्वजनिक गरेका हुन् ।
सो अवसरमा संघका अध्यक्ष विनायक शाहले अन्तर्राष्ट्रिय पर्यटन बजारबाट नेपालको चाडपर्व तथा जात्राबारे सोधपुछ हुने गरेकाले क्यालेण्डर प्रकाशित गरेको बताए । उनले क्यालेन्डर स्वदेशी तथा विदेशी प्रतिष्ठित टूर अपरेटरका साथै गैरआवासीय नेपाली संगठन तथा विदेशीस्थित नेपाली नियोगहरु मार्फत पनि वितरण गरी मुलुकमा अन्तर्राष्ट्रिय पर्यटकहरुको नेपाली मौलिक चाडपर्व जात्रा प्रतिबढ्दै गएको आकर्षण सम्बोधन गर्ने प्रयास गरिएको बताए ।