नेपाल आउने सु कीको इच्छा «

नेपाल आउने सु कीको इच्छा

सरकारले म्यानमारका स्टेट काउन्सिलर आङ सान सु कीको नेपाल भ्रमणको तयारी सुरु गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न म्यानमारको राजकीय भ्रमणका क्रममा सु कीले ‘नेपाल भ्रमण वर्ष–२०२०’ को प्रवद्र्धन गर्न नेपाल आउने चाहना व्यक्त गरेलगत्तै सरकारले उनको भ्रमणको तयारी सुरु गरेको हो ।
सोमबार राष्ट्रपति भण्डारीको उच्चस्तरीय भ्रमण सम्पन्न गरी स्वदेश फर्केका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सु कीले नेपाल भ्रमण वर्षको प्रवद्र्धनका लागि नेपाल आउने चाहना राष्ट्रपति समक्ष व्यक्त गरेकाले सरकारले सो भ्रमणका लागि प्रबन्ध गर्ने कामलाई अघि बढाइसकेको जानकारी दिए ।
मन्त्री ज्ञवालीले राष्ट्रपति भण्डारीको राजकीय भ्रमणका क्रममा म्यानमारसँग सुपुर्दगी सन्धि नभएको पनि स्पष्ट पारे । राष्ट्रको हितमा उपयुक्त हुने विषयमा मात्रै अन्तराष्ट्रिय सन्धि, सम्झौता गर्ने पनि मन्त्री ज्ञवालीको स्पष्टीकरण थियो ।

प्रतिक्रिया दिनुहोस्