महोत्सवमा एक लाख पर्यटक भित्र्याउने लक्ष्य

काठमाडौं– पर्यटकीय राजधानी पोखरामा १९औं फेवा नव वर्ष महोत्सव२०८१ आयोजना गर्ने भएको छ । यही चैत २९,३० र वैशाख १ गते होटल संघ नेपाल च्याप्टर पोखराले महोत्सवको आयोजना गर्न लागेकोे हो ।
‘पर्यटन संस्कृति र खाना’ भन्ने नाराका साथ नेपाली मौलिक संस्कृतिको सरक्षण र परम्परागत नेपाली खानाको प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले आयोजना गर्न लागिएको महोत्सवको अवसरमा संघ मातहतका होटलको प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुटको घोषणा गरेको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । ‘पर्यटकीय सेवा सुविधामा पनि सम्बन्धित व्यवसायीका तर्फबाट छुट प्रदान गर्ने छौं’ उनले भने, ‘होटल तथा पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउँदै आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य महोत्सवले लिएको छ ।’
साना ठूला गरेर १२ सय होटल रहेको पोखरामा ४० हजार वेड संख्या र १५ हजारले रोजगारी प्राप्त गरेको उनको भनाइ छ । फेवातालको किनारमा स्थानीय ड्यामसाइड चोकदेखि खहरे चोकसम्मको सडकमा विविध सांस्कृतिक कार्यक्रमसहित महोत्सव आयोजना गरिने छ । महोत्सवमा दुई लाख स्थानीय तथा एक लाख आन्तरिक र बाह्य पर्यटकले अवलोकन गर्ने अपेक्षा रहेको अध्यक्ष सुवेदीले बताए ।
विविध सांस्कृतिक झांकी, नृत्य र खानाका स्टल पनि महोत्सवमा समेटिने छन् । महोत्सवका प्रमुख आकर्षणहरुमा गण्डकी प्रदेशमा रहेका रैथाने खाना, परम्परागत नेपाली खाना, सांस्कृतिक झाँकीका कार्यक्रम, लोकदोहोरी र प्रख्यात कलाकारवाट पप कन्सर्ट र स्थानीय कलाकारद्वारा विभिन्न सांस्कृतिक नृत्य सहित हास्यव्यङ्गय प्रस्तुती रहने जनाइएको छ ।
अंग्रेजी नयाँ वर्ष धुमधामका मनाउने गरिएकोमा नेपाली नयाँ वर्र्ष पनि उत्तिकै उल्लासका साथ मनाउन, मौलिक संस्कृतिको रक्षा गर्ने अभिप्राय पनि महोत्सवले आयोजना गर्न लागिएको होटल संघ नेपाल(हान) का अध्यक्ष विनायक शाहले बताए । उनले भने, ‘पर्यटकीय राजधानी घोषण भएसँगै विश्वभर नै नेपालको सकारात्क सन्देश प्रवाह भएको र यस्ता महोत्सवले पर्यटक आगमनमा थप टेवा पुग्ने छ ।’