कोकाकोलाको साथ आफ्नो भावना व्यक्त गर्ने अभियान «

कोकाकोलाको साथ आफ्नो भावना व्यक्त गर्ने अभियान

‘मन खोलौं कोकसँग’ दसैं–तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसन उपत्यकाको विभिन्न स्थानमा जारी छ । एक्टिभेसनको क्रममा कोक प्रेमिहरूले ५ सय एमएलको कोक बोटलमा पर्शनलाइज्ड म्यासेज प्रिन्ट गरेर आफ्ना प्रियजनहरूसँग आफ्नो भावनाहरू व्यक्त गरेको हामीले अवलोकन गर्ने अवसर पाउने भन्दै कम्पनीले अन्य थप एक्टिभेसनका स्थान र मितिहरू यस प्रकार रहेका जनाएको छ । आज (सोमबार) भाटभटिनी सुपरमार्केट बौद्ध, मंगलबार भाटभटिनी सुपरमार्केट अनामनगर, बुधबार भाटभटिनी सुपरमार्केट बालाजु, बिहीबार भाटभटिनी सुपरमार्केट कोटेश्वर र शुक्रबार सेल्सबेरी चक्रपथ ।
एक्टिभेसनमा अझ बढी रौनक थप्न लोकप्रिय नेपाली अभिनेत्री आचल शर्माले मंगलबबार, बुधबार तथा बिहीबार एक्टिभेसन हुने स्थानहरूमा भ्रमण गर्ने जनाएको छ । त्यसबाहेक, कोकाकोलाको ब्रान्ड एम्बेसेडर प्रियंका कार्की पनि बिहीबार सेल्सबेरी चक्रपथमा हुने एक्टिभेसनमा आउने भन्दै कमपनीले उनीहरूले भ्रमणको क्रममा आफ्नो फ्यानहरूसँग अन्तरक्रिया गर्नेछन् र अपभोक्ताहरूले उनीहरूसँग फोटो पनि खिच्न सक्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्