Logo

आईभीएफ केसमा इन्दिरा क्लिनिकको सफलता

काठमाडौं– इन्दिरा आईभीएफले एक महत्त्वपूर्ण कोसेढुङ्गाका रूपमा तीन दम्पतीहरूको गर्भावस्थाको पुष्टि गर्दै आफ्नो पहिलो तीन इन भिट्रो फर्टिलाइजेसन केसहरूको सफलताको घोषणा गरेको छ । दम्पतीहरूको धैर्य र इन्दिरा आईभीएफका अनुभवी टोलीको समर्पणको मर्म बोकेका यी कथाहरू विशेष अनि प्रेरणादायी छन् ।

एक २६ वर्षीया महिला पहिलेदेखि रहेको मुटुको समस्या, अन्य स्वास्थ्य समस्या र अघिल्लो गर्भपातको कारण रहेको तीन वर्षदेखिको बाँझोपनको पीडाको सामना गर्दागर्दै पनि सान्त्वना र मार्गदर्शनको खोजीमा इन्दिरा आईभीएफमा आइपुगेकी थिइन् । प्रारम्भिक जाँचमा उनीसँग सामान्य भन्दा कम अण्डाहरू रहेको संकेत स्वरूप एन्टि–मुलेरियन हर्मोन (एएमएच) को स्तर कम देखिएको थियो ।

त्यसैगरी ४२ वर्षीया महिलाले रजोनिवृत्ति र एएमएच अति कम स्तरमा पुग्दा सात वर्षदेखि जटिल बाँझोपनसँग संघर्ष गर्दै आएकि थिइन्। आईयुआईको चार चक्र र आईभीएफको एक चक्रको असफल प्रयासपछि उनी सहयोग खोज्दै क्लिनिकमा आइपुगेकी थिइन् ।

त्यस्तै ४४ वर्षीया रजोनिवृत्तिमा प्रवेश गरेकी महिलाले केही असफल आईयूआई प्रयासहरू समावेश रहेको उनको मेडिकल हिस्ट्री भएपनि इन्दिरा आइभीएफको प्रयास सफल भएको छ । वरिष्ठ प्रजनन विशेषज्ञ र इन्दिरा आईभीएफकि केन्द्र प्रमुख डा. नेहा होमागाईको नेतृत्वमा रहेको टोलीले यी दम्पतीले सन्तान पैदा गर्न सक्षम बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्