Logo

स्काइवेलको इटी–५ अफरोड मोटर र्‍याली

काठमाडौं– स्काइवेलको लक्जरी एसयूभी इटी–५ र आयातकर्‍ता जी मोटर्‍सले संयुक्तरुपमा सुरु भएको ३ दिने र्‍याली सम्पन्न गरेको छ । एनवाईअफ विराटनगर, सुनसरी एवम् झापा च्याप्टरले आयोजना गरेको मोटर र्‍यालीको मुख्य प्रायोजक स्काइवेलको लक्जरी एसयुभि ईटी–५ ले गरेको हो ।

इटहरी सोल्टी वेस्टेण्डबाट भएर स्काईवेलको नेपालमै पहिलो सबैभन्दा धेरै ६२० किलोमिटर रेन्ज दिने पहिलो लक्जरी एसयूभी ईटी ५ हो । २० वटा अन्य अफरोडमा चलाइने जीप तथा पिकअपसँगै उक्त र्‍याली इटहरी सोल्टी वेस्टेन्डबाट धरान, भेडेटार एवं तमोर करीडोर हुँदै फिदिम बजारबाट इलामको शाखेजुंगसम्म र्‍याली आयोजना गरेको हो । कार्‍यक्रमको समापन गरी पुनः इटहरीबाट विराटनगरमा आएर कोशी प्रदेशका पर्‍यटनमन्त्री गणेश उप्रेतीले र्‍याली सम्पन्न गरेका छन् ।

प्रीमियम एसयुभि नेपालमा लन्च गर्‍नु अगावै ग्राहकले पिच रोड वा अफरोड जहाँ पनि ढुक्कका साथ यात्रा गर्‍न सकिन्छ भन्ने विश्वास दिन र्‍योली आयोजना गरिएको कम्पनीको भनाइ छ । १९० एमएमको ग्राउन्ड क्लियारएन्स प्राप्त गरी एउटा पूर्‍ण एसयूभीको मज्जा लिन सक्ने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार लन्च र डेलिभरी एकदम चाँडो गर्‍ने तयारीमा रहेको र ५,००० किलोमिटर भन्दा बढी नेपालका सबैखाले भू–भागमा टेस्ट गरी ग्राहकको विस्वास जित्नेमा विश्वस्त रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्