Logo

एशियन लाइफ इन्स्योरेन्सको १६औं वार्षिकोत्सवमा विविध कार्यक्रम

काठमाडौं- एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको १६औं वर्ष पुरा गरी १७औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले २०६४ चैत्र २१ गतेबाट कारोबार प्रारम्भ गरेको हो । १७ वर्ष प्रवेशको उपलक्ष्यमा कम्पनीले २०८० चैत्र १५ गतेदेखि चैत्र २१ गतेसम्म देशभर संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विविध कार्यक्रमहरु आयोजना गरिएको छ ।

वार्षिकोत्सवको अवसरमा रक्तदान जीवन दान भन्ने नारालाई आत्मसाथ गर्दै बुधबार मैतीदेवीस्थित प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा कम्पनीको प्रधान कार्यालयका साथै काठमाडाैं उपत्यकाभित्रका शाखा, उपशाखाका कर्मचारी, विभिन्न संघ-संस्थाका प्रतिनिधि समेत ७० जनाले रक्तदान गरेका छन् ।

वार्षिकोत्सवका अवसरमा चैत्र १७ गते काठमाडौं उपत्यकाभित्रका कर्मचारीहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिताको आयोजना गरिएको थियो । साथै देशभरका ८० वटा शाखा, उपशाखा कार्यालयहरुमार्फत् वृद्धाआश्रम, सामुदायीक विद्यालय, अनाथालय तथा सामाजिक संघ संस्थाहरुलाई शैक्षिक सामाग्री, खाद्यान्न तथा फर्निचरलगायत जिन्सी सामाग्री वितरण गरेका छन् ।

यस कम्पनीको चालू आ.व. २०८०/८१ को फागुनसम्ममा जीवन बीमाकोष रु ४१ अर्ब ३० करोड र कूल बीमाशुल्क रु. ४९ अर्ब रहेको छ । कूल लगानी रु. ४६ अर्ब १० करोड छ । यसैगरी चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा कूल बीमाशुल्क रु. ५ अर्ब १५ करोड ८७ लाख आर्जन गरेको छ । कम्पनीमा १२ लाख ८२ हजार सकृय बीमालेख छन् । रु.३ अर्ब ३९ करोड ९८ लाख (सूचीकृत हुन बाँकी बोनश शेयर समेत) करोड चुक्ता पूँजी रहेको कम्पनीले निकट भविष्यमै ४२ प्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्