नेपाल–भारत शिल्प मेला सम्पन्न

काठमाडौं– नेपाल–भारत लोक शिल्प मेला काठमाडौंमा सम्पन्न भएको छ । शिल्पमा आधारित द्विपक्षिय सम्बन्ध बलियो बनाउने उद्देश्यले आयोजित मेला दक्षिण एशिया फाउन्डेशन (एसएफ) को पहल हो, जसले नेपाल र भारतको शिल्प र संस्कृतिको आदान–प्रदान कार्यक्रमलाई बढावा दिएको आयोजकको दावी छ ।
निःशुल्क अवलोकनको व्यवस्था गरिएको मेलामा विभिन्न शिल्पको लाइभ प्रदर्शनीको साथै ५ दिने अनौपचारिक प्रदर्शनीका साथ, भारत र नेपालका शिल्पकर्मीद्वारा बनाइएका अनौपचारिक आर्टिफेक्टको प्रदर्शनी गरिएको थियो । व्यापार सुविधा, सांस्कृतिक कार्यक्रम, शिल्प प्रदर्शनको लाइभ डेमन्स्ट्रेशन, डिजाइन वर्कशप, भारत र नेपालका लोक कला र शिल्प, र साथमा वाराणसीको आकर्षक शिल्पसमेत मेलाको आकर्षणका रुपमा रहेका थिए ।