Logo

महालक्ष्मी र एनआईसी एशिया क्यापिटलबीच सम्झौता

काठमाडौं– महालक्ष्मी विकास बैंक र एनआईसी एशिया क्यापिटलबीच बैंकका ग्राहकको व्यवस्थित लगानी योजनामा पहुँच अभिवृद्धि गर्न सहकार्य भएको छ ।

क्यापिटलद्वरा सञ्चालित खुलामुखी योजना–एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको महालक्ष्मी विकास बैंकले वितरण एजेण्टको रुपमा कार्य गर्न एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । महालक्ष्मी विकास बैंकको शाखा सञ्जालहरुको अधिकतम उपयोग गरी लगानीका अवसरहरुको थप विस्तार तथा विविधिकरण हुने लक्ष्य यो समझदारीबाट लिइएको छ ।

देशभर रहेका लगानीकर्ताको एनआइसी एसिया डाईनामिक डेप्ट फण्डमा सहज पहुँच भई वित्तीय समावेशीता तथा वित्तीय सशक्तीकरणको माध्यमबाट समग्र वित्तीय क्षेत्रमा योगदान पुग्ने विश्वास लिएको बैंकले जनाएको छ । हाललाई यो सेवा बैंकको दरबारमार्ग शाखामार्फत र क्रमश देशभरका शाखा कार्यालयमार्फत प्रदान गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्