Logo

अर्को बैठक बुधबार बस्नेछ

प्रतिनिधिसभाद्वारा बिमस्टेक वडा पत्र अनुमोदन

काठमाडौं- संघीय संसदले पनि बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको देशको प्रयास (बिमष्टेक) वडा पत्रलाई अनुमोदन गरेको छ ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सो वडापत्र अनुमोदन गरियोस् भनि उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले राखेको प्रस्ताव बहुमतले पारित गरेको हो । यसअघि सो वडापत्रको प्रावधानमाथिको छलफलमा भाग लिँदै सांसदहरुले राष्ट्रिय हितलाई अनुकुल हुनेगरी बिमस्टेकलाई अघि बढाउन सरकार क्रियाशील हुनुपर्नेमा जोड दिएका थिए ।

यता उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठले पनि बिमस्टेकलाई सार्कको प्रतिस्थापनको संस्थाको रुपमा नेपालमा नलिएको स्पष्ट पार्दै त्यसलाई राष्ट्रिय हितमा प्रयोग गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताएका थिए । प्रतिनिधिसभाको अर्को बैठक चैत्र २१ गते (भोलि) बुधबार बिहान ११ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्