Logo

स्किल वीक पाँचौं संस्करण

काठमाडौं– ग्लोकल आफ्टर स्कुलले स्किल विक कार्यक्रमको पाँचौं संस्करण गर्ने भएको छ । यो कार्यक्रमले रोजगारीमा चाहिने सीपका लागि इको सिस्टम निर्माणको उद्देश्य रादख्छ ।

स्किल वीक एक हप्ते कार्यक्रम हो जसमा विभिन्न सीपमूलक तालिमलगायत सीपयुक्त कार्यशाला, तालिम, केस अध्ययन र मनोरन्जनलाई मध्यनजरमा राख्दै सीपलाई विभिन्न आयामबाट प्रस्तुत गर्ने कोसिस गरिने छ । कलकारखाना, शैक्षिक संस्था एवम सरकारी निकायसँगको साझेदारीको लक्ष्य लिइ तीनै क्षेत्रबाट सीपमुलक रोजगारीका अवसर, सीपप्रतिको महत्व, आधुनिक प्रविधिदेखि लिएर कला तथा संस्कृति झल्किने किसिमले सीपको महत्व उजागर गर्ने लक्ष्य लिई स्किल वीक नामक कार्यक्रम मार्च ३१ देखि अप्रिल ८ सम्म सञ्चालन हुने बताइएको छ ।

१५ देखि ३० वर्षकाले कार्यक्रममा सहभागीता जनाउन सक्नेछन र सोही कार्यक्रमबाट सीप विकासबारे जानकारी लिन सक्नेछन् । कार्यक्रममा ४ फरक सीप क्षेत्रमा प्रदर्शन गरिनेछ । यसमा कला र संस्कृति, उद्दमशीलता, पर्यटन तथा आतिथ्य र विज्ञान र प्रविधि रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्