बालाजु अटो वर्कसको म्यानेजरर्स मीट

काठमाडौं– अग्नी ग्रुप– बालाजु अटो वर्कसले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट सम्पन्न गरिएको छ । कार्यक्रममा विजेतालाई बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्मा, एम एण्ड एम नेपालको लागि सर्भिस कन्ट्री म्यानेजर सोमनाथ धरका साथै कम्पनीका विभाग प्रमुखरुद्वारा महिन्द्रा केयर फेस्ट २०२४ मा उत्कृष्ट प्रदशन गर्ने डिलरलाई सम्मान गरेका थिए ।
कार्यक्रममा बालाजु अटो वर्कसका प्रबन्ध निर्देशक अर्जुनप्रसाद शर्माले संस्थाको विकासमा सबैको योगदानको प्रशंसा गरे । उनले सर्भिस एण्ड पार्ट्स म्यानेजर मीट २०२४ मार्फत साझेदारीलाई सुदृढ पार्ने र उत्कृष्टता हासिल गर्ने प्रतिबद्धताका साथै सँगै काम गरेर हामी दीर्घकालीन वृद्धि र नवप्रवर्तनको सम्भावनालाई अनलक गर्छौं भन्ने कुरामा जोड दिएका थिए ।