१० जिल्लामा १३ नमुना विद्यालय बन्ने

सुर्खेत– सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशले १० जिल्लाका १३ वटा नमुना विद्यालय निर्माण गर्ने भएको छ । एक जिल्ला एक नमुना विद्यलय भौतिक पूर्वाधार निर्माण एवं शिक्षण सिकाइ सुधार शिक्षकको पेशागत सहयोग कार्यक्रममार्फत उक्त विद्यालय छनोट गरिएको शिक्षा विकास निर्देशनालयकी निमित्त निर्देशक दीपा हमालले जानकारी दिइन् ।
सार्वजानिक शिक्षा सुधारसम्बन्धी कार्यविधि २०८० अनुसार प्रस्ताव पेस गरेका विद्यालयमध्ये मन्त्रीस्तरीय निर्णयबाट १३ विद्यालय छनोटमा परेको निमित्त निर्देशक हमालले जानकारी दिइन् । सुर्खेत, दैलेख, डोल्पा, जुुम्ला, कालिकोट र मुगुमा १/१ वटा र जाजरकोट, सल्यान र रुकुम पश्चिममा २/२ वटा विद्यालय निर्माण गर्न छनोट गरिएको छ ।