Logo

नेपाल-भारत शिल्प मेला सम्पन्न

काठमाडौं- नेपाल-भारत लोक शिल्प मेला हालै सम्पन्न भएको छ । याे मेला (आईएनसीएफ) दक्षिण एशिया फाउन्डेशन (एसएफ) को एक पहल हो, जसले शिल्पमा आधारित द्विपक्षिय सम्बन्धहरुको प्रोत्साहन गर्छ र नेपाल-भारत बीचको शिल्प र संस्कृतिको आदान-प्रदान कार्यक्रमलाई बढाउँछ ।

यो अभुतपूर्व शिल्प मेला यहि मार्च २८ देखि अप्रिल ०१ सम्म छाया सेन्टर, ठमेल, काठमाडौंमा आयोजना भएकाे थियाे । सम्पूर्णका लागि खुला यस मेलाको अवलोकन निःशुल्क गर्न पाइने छ । मेलामा विभिन्न शिल्पको लाइभ प्रदर्शनीको साथै ५ दिने अनौपचारिक प्रदर्शनीका साथ, भारत र नेपालका शिल्पकर्मीहरूद्वारा बनाइएका अनौपचारिक आर्टिफेक्टहरू हुनेछ ।

मेलाका आकर्षणहरु: व्यापार सुविधा, सांस्कृतिक कार्यक्रमहरू, शिल्प प्रदर्शनको लाइभ डेमन्स्ट्रेशन, डिजाइन वर्कशपहरु, भारत र नेपालका लोक कला र शिल्प, र साथमा वाराणसीको आकर्षक शिल्प समेत, मेलाको आकर्षणका रुपमा रहनेछन् ।

शिल्प मेला (आईएनसीएफ-२०२४) भारतको राजदूतावास, काठमाडौं, नेपालको राजदूतावासको प्रायोजनमा साथै विभिन्न नेपाली प्रायोजकहरु द्वारा प्रयोजन गरिएको छ । र, दक्षिण एशिया फाउन्डेशन र एसएएफ-नेपालको आयोजना र फेडरेशन अफ ह्याण्डिक्राफ्ट एसोसिएसन अफ नेपाल (एफएचएएन) र सार्क व्यापार संघको घरेलु काममा आधारित कामदारहरूको नेपाल च्याप्टर एसएबीएएच नेपालले आईएनसीएफ-२०१६मा संयुक्त सहकार्य गर्दैछन् ।

यस प्रदर्शनी एवं बिक्री मेलामा ३५ भन्दा बढी शिल्पकर्मीरशिल्प सहित नेपालका विभिन्न भागहरूबाट २० भन्दा बढी शिल्पकर्मीहरू सहभागी थिए । यस्ता अन्तरदेशीय सांस्कृतिक मेला, नेपाल र भारत बीचको कला र शिल्पकला क्षेत्रमा एक प्रभावकारी सहकार्य हो र थप व्यापक सहकार्यका लागि एक सुवर्ण अवसर पनि हो, जसले शिल्पकर्मीहरूलाई विचारहरू विनिमय गर्ने र वृहत सहकार्यको खोजि अन्वेषण गर्दै भारत र नेपाल बीचको व्यापारको समेत प्रोत्साहन गर्दछ ।

प्रतिक्रिया दिनुहोस्