पश्चिम नेपाल बस व्यवसायीमा खरेल प्यानल विजयी

बुटवल– पश्चिम नेपाल बस व्यवसायी प्रालिमा दधि खरेल नेतृत्वको प्यानल विजयी भएको छ । प्रालिको दोस्रो अधिवेशन तथा चौथो साधारण सभाअन्तर्गत भएको निर्वाचनमा खरेलसहित ११ जना सञ्चालक सदस्यमा विजयी भएका हुन् ।
निर्वाचनमा वर्तमान अध्यक्ष समेत रहेका खरेल र पूर्व सञ्चालक पदमराज गाहा अलग–अलग समूह बनाएर उम्मेदवार बनेका थिए । खरेल विगत ११ वर्षदेखि तत्कालीन पश्चिम नेपाल बस व्यवसायी संघ अर्थात हालको अध्यक्ष छन् ।
दुई हजार एक यातायात व्यवसायी सदस्य रहेको उक्त प्रालिमा १ हजार ९०१ मत खसेको थियो । बुटवलमा प्रधान कार्यालय रहेको पश्चिममा यो मुलुककै धेरै व्यवसायी आबद्ध यातायात कम्पनी हो ।