Logo

सिद्धार्थ बैंकको वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं– सिद्घार्थ बैंकले सप्ताव्यापी कार्यक्रम आयोजना गरेर विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरेको छ । ग्लोबल मनी वीकको सन्दर्भमा बैंकले देश व्यापी रुपमा कार्यक्रम आयोजना गरेर सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी ३४ स्थानमा विद्यार्र्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको थियो ।

बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनुपर्ने सावधानीका विषयमा सचेत गराइ वित्तीय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको कार्यक्रममा १,७६० जना सहभागी थिए । विद्यार्थीलाई बैंकको आधारभूत बैंकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमसम्बन्धी व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यले ३२४ विद्यार्थीलाई विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियोे ।

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्‍याउने र हरेका वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गर्दै आएको दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्