Logo

नेपालमा हाइड्रोजनको सफल परीक्षण

काठमाडौं– नेपालमा ग्रिन हाइड्रोजनको उत्पादन र रिफ्युलिङ परीक्षण सफल भएको छ । काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभाग अन्तर्गतको ग्रिन हाइड्रोजन ल्याबले ग्रिन हाइड्रोजनबारे अध्ययन अनुसन्धान सुरू गरेको करिब दुई वर्षपछि परीक्षण सफल भएको हो ।

नेपालमा हाइड्रोजन गाडीको सम्भावना र प्रयोगबारे अध्ययन गर्न विश्वविद्यालयले गत कात्तिकमा दक्षिण कोरियाबाट हुन्डाई नेक्सो फ्युल सेल हाइड्रोजन कार भित्र्याएको थियो । यो गाडी नेपाल आयल निगम (एनओसी)को सहयोगमा भित्र्याइएको थियो । यही गाडीमा विश्वविद्यालयले बनाएको हाइड्रोजन हालेर सफल परीक्षण भएको विभागका उपहप्राध्यापक डा. विराजसिंह थापाले जानकारी गराए ।

ग्रिन हाइड्रोजन पानीबाट उत्पादन गरिने हाइड्रोजन हो । यसको लागि पानीलाई इलेक्ट्रोलाइसिस प्रक्रियाबाट हाइड्रोजन र अक्सिजनमा विभाजित गरिन्छ । उत्पादित हाइड्रोजनलाई वैकल्पिक ऊर्जाको रूपमा प्रयोग गर्न सकिन्छ । अक्सिजनलाई भने कुनै पनि नकारात्मक प्रभावबिना वायुमण्डलमै छाडिन्छ ।

प्रतिक्रिया दिनुहोस्