मल्टिपर्पोज फाइनान्स र फोनपेबीच सम्झौता

काठमाडौं– मल्टिपर्पोज फाइनान्स र फोनपे नेटवर्कबीच क्रस बोर्डर वित्तीय र नेटवर्क सेवा विस्तार गर्नेसम्बन्धी सम्झौता भएको छ । मल्टिपर्पोज फाइनान्स, आफ्ना ग्राहकलाई यस्तो सेवा प्रदान गर्न अग्रगामी, वित्तीय क्षेत्रमा पहिलो रहेको दावी गरेको छ ।
फाइनान्सका उपमहाप्रबन्धक प्रदीपकुमार सिंह र फोनपे नेटवर्कका प्रमुख पशुपति मिश्रले सहजीकरण गरेको यो सम्झौताले सीमापार व्यापारिक कारोबार सुरु गर्ने बताइएको छ । यस सेवाको प्रारम्भिक चरणमा, वित्तीय संस्थामार्फत क्यूआर भुक्तानी सेवा प्राप्त गर्ने सेवा प्राप्तकर्ताले अब उद्यमसँग व्यापार गर्न सक्नेछन् ।
हाल, यो सेवा बीएचआइएम/फनपे एपसहित भारतीय यूपीआई प्रणालीमार्फत उपलब्ध गराउने बताइएको छ । मल्टिपर्पोज फाइनान्सको फोनपे क्यूआरमार्फत चाँडै नै यी सेवा नेपालमा विस्तार गरिने उपमहाप्रबन्धक सिंहले जानकारी दिए ।