Logo

ग्लोबल आइएमईको विद्यार्थी लक्षित वित्तीय साक्षरता

काठमाडौं– ग्लोबल आइएमई बैंकले ग्लोबल मनी विक २०२४ को अवसरमा सप्ताहव्यापी रूपमा सातवटै प्रदेशमा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । बैंकले प्रदेश कार्यलयको संयोजनमा सातै प्रदेशमा युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरतासम्बन्धी कार्यक्रम सञ्चालन गरेको हो ।

कार्यक्रममा बचत, कर्जा, रेमिटेन्स, डिजिटल बैंकिङ, बीमा, लगानी, अतिरिक्त बैंकिङ सेवा, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तु बारेमा जानकारी गराइएको छ । यसैगरी, बैंकले ग्लोेबल मनी विक २०२४ को अवसर पारेर देशव्यापी रूपमा वित्तीय कार्यक्रम आयोजना गरिरहेको जनाएको छ ।

हालसम्म सम्पन्न विभिन्न कार्यक्रममा १४ हजारभन्दा बढी कृषक, लघु, साना तथा मझौला उद्यमी, मजदुर, वैदेशिक रोजगारमा जाने सम्भावित व्यक्ति, विद्यार्थी, महिला, विप्रेषण प्रापक तथा स्थानीयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्