हुण्डाईको नयाँ वर्ष लक्षित योजना

काठमाडौं– हुण्डाई अटोमोवाइल्सको आधिकारीक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नयाँ वर्षलाई मध्यनजर गर्दै ‘हुण्डाई नयाँ वर्ष, नयाँ हर्ष २०८१’ योजना सार्वजनिक गरेको छ ।
यो ग्राहकमुखी योजना सोमबारेदखि नेपालभर सुरु भएको बताइएको छ । आफ्नो ग्राहकको यात्रा स्मरणीय बनाउन हुण्डाईले तीन गुणा नगद छुटको आकर्षक अफर ल्याएको दावी गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले कुनै पनि हुण्डाई गाडी खरीदमा ६ लाख रुपैयाँसम्मको छुट र १० लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस प्राप्त गर्न सक्ने बताइएको छ ।
यो योजनामा ग्राहकले गाडी खरिद गर्दा एक वर्षसम्मको निःशुल्क बीमा तथा सवारी करका साथै तुरुन्तै मुल्यांकन तथा एक्सचेन्ज सुविधा पाउनेछन् ।