बंगुरपालनमा विद्यार्थी नेता «

बंगुरपालनमा विद्यार्थी नेता

दाङ-विद्यार्थीको नेतृत्व गर्ने एक विद्यार्थी नेता राजनीतिसँगै बंगुरपालन व्यवसायमा लागेका छन् । नेपाल विद्यार्थी संघका जिल्ला कार्यवाहक अध्यक्ष टोपबहादुर बुढाथोकी विद्यार्थी राजनीतिसँगै बंगुरपालन व्यवसाय गर्दै आएका हुन् ।
विद्यार्थी राजनीतिबाट बचेको समयमा व्यवसाय सुरु गरेको उनले बताए । उनले बबई बहुउदेश्य कृषि तथा पशुपक्षी फर्म दर्ता गरी घोराही उपमहानगरपालिका–७ राजपुरमा व्यावसायिक रूपमा बंगुरपालन गर्दै आएका छन् । करिब ६ महिनाअघि व्यावसायिक रूपमा बंगुरपालन व्यवसाय सुरु गरेका हुन् । अहिलेसम्म बंगुरले उत्पादन दिन सुरु नगरेको उनको भनाइ छ । सुरुमा ९ लाखको लगानीबाट बंगुरपालन सुरु गरेको बुढाथोकीले बताए । बैंकबाट ऋण लिएर व्यवसाय सुरु गरेको बताए । ऋण पनि सहज रूपमा नपाइने गरेको उनले बताए ।
अहिले उनले २६ वटा बंगुरपालन गरेका छन् । ल्यानरुप जातको ११ वटा र घरानो जातका १५ वटा बंगुर रहेको उनको भनाइ छ । ५ कट्टा जग्गामा उनले बंगुरपालनका लागि खोर निर्माण गरेका छन् । अहिले १३ वटा कोठा रहेको खोर बनाएका छन् । जसमा ५१÷५२ वटा अटाउन सक्ने क्षमताको रहेको बुढाथोकीले बताए ।
राजनीतिसँगै केही व्यवसाय गर्नु पर्दछ भन्ने सोचका साथ आफू बंगुरपालन व्यवसाय सुरु गरेको बुढाथोकीले बताए । “राजनीति सामाजिक सेवा हो आम्दानी हँुदैन जीवन चलाउन केही व्यवसाय गर्नु पर्दछ त्यसैले यस प्रकारको व्यवसाय सुरु गरेको हँु,” बुढाथोकीले भने । आम्दानी नहुँदा राजनीति गर्नसमेत समस्या हुने उनको भनाइ छ । यसरी कुनै पनि व्यवसाय नगरी राजनीति गर्दा अनियमितासमेत हुने गरेको बुढाथोकीले बताए । बंगुरपालन व्यवसाय गर्दा उनले विभिन्न समस्यासमेत भोग्नु परेको थियो । ती समस्यालाई समाधान गर्दै आफू अगाडि बढेको उनले बताए । “आफूमा केही गर्नु पर्दछ भन्ने सोच भए पनि समस्या समाधान अगाडि बढन सकिन्छ ।” बुढाथोकीले भने समाज परिवर्तन हुन नसक्दा सुरुका दिनमा उनलाई समाजमा धेरैले बंगुरपालन गर्न थालेको भनेर नकारात्मक दृष्टिले हेरेका थिए । तर विस्तारै बुभ्mदै गएको उनको भनाइ छ । “हाम्रो समाजको सोचाइ पनि गल्त छ,” बुढाथाकीले भने समाजमा रहेको यस प्रकारको सोच परिवर्तन हुन जरुरी रहेको बताए । यसको अभियान आफुले थालेको बताए । “विद्यार्थीहरूको नेतृत्व गरेको व्यक्तिले गरेको देखेपछि अरुले पनि सुरु गर्लान् भनेर यस व्यवसायलाई रोजेको हँु,” बुढाथोकीले भने । जे गरे पनि कामलाई प्राथमिकता दिएर अगाडि बढ्नु पर्ने उनको भनाइ छ । उनले सुरु गरेको व्यवसायमा अहिले २ जनालाई रोजगारी समेत प्रदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्