Logo

रिलायन्स र स्टार हस्पिटलबीच सम्झौता

काठमाडौं– रिलायन्स फाइनान्स र स्टार हस्पिटलबीच स्वास्थ्य सेवामा छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।

उक्त सम्झौतामा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत समाजप्रकाश श्रेष्ठ र स्टार हस्पिटलका कार्यकारी अध्यक्ष किशोरकुमार महर्जनले हस्ताक्षर गरेका छन् । सम्झौता अन्तरगत फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले स्टार हस्पिटलले प्रदान गर्ने स्वास्थ्य सेवामा १५ प्रतिशतसम्म छुट पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्