शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार «

शिवम् सिमेन्टका उपभोक्तालाई चाँदी उपहार

गुणस्तरीय सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले हिन्दुहरूको महानपर्व तिहारको अवसर पारेर सम्पूर्ण ग्राहकहरूलाई दीपावलीको शुभकामना व्यक्त गर्दै ‘यो तिहार शिवम्को साथमा, चाँदीको उपहार सबैको हातमा’ नामक बिक्री योजना बजारमा ल्याएको छ । यस योजनाअन्तर्गत प्रत्येक २५ बोरा शिवम् सिमेन्टको खरिदमा १० ग्राम चाँदीको सिक्का, ५० बोरा शिवम् सिमेन्टको खरिदमा २२ ग्राम चाँदीको दियो र १०० बोरा शिवम् सिमेन्टको खरिदमा ५० ग्राम चाँदीको दियो उपहार प्रदान गर्ने नयाँ उपभोक्तामुखी स्कीम सुरु गरेको छ ।
यो योजना सीमित अवधिका लागि नेपालभर लागू गरिएको कम्पनीले जनाएको छ । सिमेन्ट जगतमा विगत लामो समयदेखि गुणस्तरीय असली ओपीसी सिमेन्ट उत्पादन गर्दै, निर्माण क्षेत्रमा लोकप्रियता हासिल गर्र्न सफल शिवम् सिमेन्टले चाडपर्व लक्षित गरी आफ्ना ग्राहकहरूलाई विभिन्न योजनाहरू मार्पmत थप उत्साह प्रदान गर्दै आउने क्रममा कम्पनीले आउँदो तिहारलाई लक्षित गर्दै चाँदीको सिक्कार चाँदीको दियो उपहार स्वरुप प्रदान गर्ने योजना ल्याएको बतायो ।

 

प्रतिक्रिया दिनुहोस्