कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने «

कांग्रेसले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने

नेपाली कांग्रेसले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई प्रशिक्षण दिने भएको छ । कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका तर्फबाट विजयी भएका गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरुलाई प्रशिक्षण दिन लागेको हो । प्रशिक्षण कात्तिक १ र २ गते भक्तपुरमा हुनेछ ।
प्रशिक्षण कार्यक्रममा अध्यक्ष–उपाध्यक्षसँगै सम्बन्धित गाउँपालिकाका पार्टी सभापतिहरु र जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरुलाई पनि प्रशिक्षण दिइनेछ । प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्