डिशहोम फाइबरनेटको नयाँ योजना

काठमाडौं– इन्टरनेट ल्यान्डस्केपलाई पुनः परिभाषित गर्ने साहसी कदममा, डिशहोम फाइबरनेटले यसको ग्राउण्डब्रेकिंग ‘क्याच द बिग अफर’ सुरु गरेको छ । यस योजनाअन्तर्गत ग्राहकले कम मूल्यमा उत्कृष्ट सेवासहित उच्च गतिको इन्टरनेटको आनन्द लिन सक्ने कम्पनीको दावी छ ।
१०० एमबीपीएस इन्टरनेट प्याकेज ७ हजार ५२२ रुपैयाँमा ग्राहकले १२ महिनाको लागि प्राप्त गर्न सक्ने बताइएको छ । यस्तै २०० एमबीपीएस प्याकेजको मूल्य मात्र ७ हजार ७८८ उही अवधिको लागि रहेको छ भने अझ छिटो गति खोज्नेले ९ हजार ९१२ रुपैयाँमा १२ महिना कै लागि ३०० एमबीपीएस प्याकेज रोज्न सक्छन् । यती मात्र नभएर डिशहोम फाइबरनेटले प्रत्येक प्याकेजको साथ निःशुल्क फाइभ–जी राउटर पनि प्रदान गर्ने जनाएको छ ।
यो अफरको घोषणा नेपाल र आयरल्याण्ड वुल्भ्सबीचको उद्घाटन खेलसँगै कम्पनीले गरेको हो । बजेट–अनुकूल मूल्यहरूमा प्रिमियम गुणस्तरको इन्टरनेट सेवामा क्रान्तिकारी परिवर्तन गर्ने डिशहोम फाइबरनेट को प्रतिबद्धतालाई संकेत गर्दछ ।