सिटिजन्स बैंकले सर्वसाधारलाई दियो वित्तीय चेतना

काठमाडौं– सिटिजन बैंक इन्टरनेशनलले ग्लोबल मनी वीक अन्तर्गत सातै प्रदेशका विभिन्न कार्यालयमार्फत विभिन्न सचेतनामूलक कार्यक्रम आयोजना गरेको छ । प्रोटेक्ट योर मनी, सेक्योर योर फ्यूचर भन्ने नाराका साथ सातै प्रदेशका आफ्ना २५ शाखा कार्यालयबाट विभिन्न वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको र सम्पन्न गरेको बैंकले जनाएको छ ।
कार्यक्रममा उपस्थित युवा तथा विद्यार्र्थीमा वित्तीय साक्षरताको आवश्यकता र महत्वको बारेमा जानकारी दिइएको थियो । यस सँंगै वित्तीय साक्षरताको अवस्था र विद्युतीय बंैकिङको विकाससँगै बढेको अपराध र जोखिमको बारेमा समेत जानकारी दिइएको थियो ।
नगद कारोबार, लेनदेन तथा विप्रेषण जस्ता वित्तीय कारोबार गर्ने क्रममा बंैकिङ प्रणालीकै प्रयोग गर्नसमेत कार्यक्रममार्फत आह्वान गरेको बैंकले जनाएको छ ।