आर्थिक समृद्धिमा फूलको खेती

२५ औं फ्लोरा एक्स्पो चैत १ देखि ४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भयो । उक्त एक्स्पो फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना, पुष्प विकास केन्द्रको सहआयोजना तथा बागमती प्रदेश सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागको सहयोगमा सञ्चालन भएको थियो ।
सो प्रदर्शनीमा व्यावसायिक स्टल ६०, ल्यान्डस्केपिन स्टल ३, अफिसियल स्टल ८, प्रतियोगितात्मक प्रदर्शनी स्टल १ र फुड स्टल १ सहित जम्मा ७३ वटा स्टल रहेका थिए । मेलामा सहभागी विभिन्न पुष्प व्यवसायीले उत्पादन गरेका फूल र बिरुवाका विधागत स्टल राखिएका छन् । सो प्रदर्शनीमा उत्कृष्ट ल्यान्डस्केपिन, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक फुल्ने बिरुवा, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेसन) तथा उत्कृष्ट पुष्प सजावट प्रतिस्पर्धा गराइएको थियो ।
एक्स्पोले नर्सरी व्यवसायीको कारोबार बढाउन सहयोग पुगेको सम्बन्धित क्षेत्रका विज्ञहरूको भनाइ छ । एक्स्पोमा ५० रुपियाँदेखि १० हजार मूल्य पर्ने फूल तथा बिरुवा बिक्री–वितरणका लागि राखिएको थियो । सो एसोसिएसनले पुष्प प्रवद्र्धनमा खेलेको महŒवपूर्ण भूमिकाका कारण सरकारले पुष्प प्रवद्र्धनका कार्यव्रmमहरू एसोसिएसनको सहकार्यमा गर्दै आएको पुष्प विकास केन्द्रले जनाउँदै आएको छ ।
हाम्रो देशमा कम्तीमा ५ सय प्रजातिका फूलको व्यावसायिक खेती हुने गरेको छ । पुष्प उत्पादक तथा व्यवसायीको छाता संगठन फ्लोरिकल्चर एसोसिएसनले उपभोक्ताको मागअनुसार बर्सेनि थप प्रजातिका फूलको व्यावसायिक उत्पादन गरिँदै आएको जनाएको छ । फूलका बिरुवाको प्रतिस्पर्धात्मक प्रदर्शनी गर्ने कार्यक्रम तय भएको फ्यानले जानकारी दिएको छ ।
‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ भन्ने मूल नाराका साथ सम्पन्न एक्स्पोमा पुष्प व्यवसाय सञ्चालनका लागि आवश्यक औजारहरूको समेत प्रदर्शनी गरिएको थियो । मेलामा विभिन्न मौसमी फूलका बिरुवा, कृषि औजार, बिरुवालाई आवश्यक पर्ने मल तथा सजावटका सामग्रीको प्रदर्शनी र बिक्री वितरण पनि गरिएको छ । त्यसैगरी मेलामा अवलोकनकर्ताले कट फ्लावर, ड्राई फ्लावर, सुनाखरीलगायतका पुष्प तथा पुष्पका बीउबिजन, कृषि औजार, प्याकेजिङ सामग्री, सूक्ष्म थोपा सिँचाइ प्रविधि र विषादीको जानकारी लिने तथा खरिद गर्न सक्ने व्यवस्था पनि मिलाइएको थियो ।
स्वदेशमै फूलको व्यावसायिक खेती हुन थालेपछि फूलको आयातमा बिस्तारै प्रतिस्थापन हुन थालेको छ । यहाँका कृषकले फूलको खेती सुरु गरेका कारण विगतमा भन्दा झन्डै ५० प्रतिशत फूलको आयात कम भएको छ । भक्तपुर, काभ्रे, धादिङ, ललितपुर, काठमाडौंलगायतका जिल्लामा फूलको व्यावसायिक खेती हुने गरेको छ । पछिल्ला केही वर्षमा फूलको माग पनि बढेको छ । फूलको माग बढेपछि उत्पादन नबढेकाले चाहेजति फूल बिक्री गर्न समस्या पर्ने गरेको फूल व्यावसायीहरू बताउँछन् ।
फूलका पारखीहरूलाई मेला तथा प्रदर्शनीले महŒवपूर्ण सहयोग पनि पु¥याएको छ । अहिले फूलको खेतीको विस्तार पनि क्रमशः बढ्दै गएको छ । फ्यानका अनुसार हालसम्म ४८ जिल्लामा लगभग १ हजार १ सय १६ पुष्प व्यवसाय विस्तार भइसकेको छ भने २ सय २१ हेक्टर क्षेत्रफलमा पुष्प खेती गरिएको अनुमान छ । फ्यानको तथ्यांकअनुसार देशभर ५ सय ५ नर्सरी व्यवसाय छन् । यस्तै, ८० व्यवसाय कट फ्लावर उत्पादकका रूपमा संलग्न छन् ।
देशभर १ सय ३७ व्यवसाय कट फ्लावर खुद्रा व्यवसायी रहेको पनि फ्यानले जनाएको छ । पुष्पको थोक ४ व्यवसायी, इनपुट सप्लायर्स २५ व्यवसायी र लुज फ्लावर उत्पादक ३ सय ६५ रहेको फ्यानको तथ्यांक छ । देशभर पुष्प व्यवसायमा प्रत्यक्ष तथा अप्रत्यक्ष गरेर ४४ हजारभन्दा बढी जनशक्तिले रोजगारी प्राप्त गरेका छन् । त्यस्तै, पुष्प व्यवसायमार्फत वार्षिक १० देखि १५ प्रतिशत हाराहारीमा वार्षिक वृद्धिदर रहेको बताइएको छ ।
नेपालमा हाल सामान्य र सोखपूर्ण ढंगबाट मात्र पुष्प खेती हुँदै आएको छ । सरकारले व्यावसायिक रूपबाट कृषकलाई आकर्षित गर्ने उद्देश्यले पुष्प खेती विस्तार गरेमा अर्बौं रुपैयाँको फूल विदेशी बजारमा निर्यात गर्न सकिने व्यवसायीहरूको भनाइ छ । विश्व बजारमा नेपाली फूलको माग एकातिर दिन–प्रतिदिन बढ्दो छ भने अर्कातिर सरकारले निजी क्षेत्रलाई सुम्पिएको सामुदायिक वन र व्यक्तिका खेर गइरहेको भूमि एवं प्रत्येक घर–घरमा कौंसी खेती गरी विदेशी मुद्राको दरिलो आधार बनाउन सकिन्छ ।
व्यवसाय प्रवद्र्धनका लागि पुष्प प्रदर्शनी तथा व्यापार मेला एक प्रभावकारी माध्यम भएको छ । समय–समयमा हुने पुष्प प्रदर्शनी तथा व्यापार मेलाले यो व्यवसायलाई अझ बढी बढाउन सहयोग पुगेको छ । हाम्रो देशबाट खासगरी पुष्पका गाना र टिस्युकल्चर पनि निर्यात भएको अनुमान गरिन्छ । यद्यपि, दक्षिण अफ्रिकी मुलुक केन्याले सस्तोमा अमेरिका र युरोपमा पुष्प निर्यात गरेकाले नेपाली पुष्प पठाउन सकिएको छैन । जसका कारण नेपाली पुष्प अरू देशको तुलनामा महँगो पर्छ ।
हाल मुलुकभर ६ सयभन्दा बढी पुष्प व्यवसायी छन् र तिनीहरूबाट वार्षिक रूपमा लगभग ६०–६७ करोडको कारोबार हुन्छ । पुष्पको आन्तरिक कारोबार ठूलो भएकाले सरकारले पनि यस व्यवसायमा सहयोग गर्नु अति आवश्यक देखिन्छ । साथै, श्रमिकको हित एवं कल्याणका लागिसमेत सरकार चनाखो हुनुपर्छ ।
राष्ट्र फूलमा आत्मनिर्भर उन्मुख भएको दाबी गरिँदै आए पनि आयात रोक्न भने सकिएको छैन । सरकारी तथ्यांकअनुसार बर्सेनि ३० करोडभन्दा बढीको फूल आयात हुँदै आएको छ । आर्थिक वर्ष ०७९/८० मा ३३ करोड ६ लाख ४८ हजार फूल आयात भएको छ । यस्तै, आर्थिक वर्ष ०७८/७९ मा ३६ करोड ५३ लाख ५ हजार रुपैयाँको फूल आयात भएको छ । आर्थिक वर्ष ०७७/७८ मा ४० करोड ७२ लाख ३४ हजारको फूल आयात भएको फ्यानको तथ्यांकमा उल्लेख छ ।
यस्तै, ०७६/०७७ मा २३ करोड ७७ लाख ३८ हजार फूलका लागि बाहिरिएको छ । त्यसरी नै देशबाट फूल आयात मात्र नभई नेपालबाट केही मात्रमा निर्यात पनि हुन्छ । चार वर्षमा जम्मा २ करोड ७९ लाख रुपैयाँको फूल निर्यात भएको छ । आर्थिक वर्ष ०७९/८० मा ६८ लाखको तथा ०७८/०८९ मा ९८ लाख रुपैयाँको फूल निर्यात गरिएको छ । यस्तै, ०७७/७८ मा ५३ लाख ८ हजार र ०७६/०७७ मा ६० लाख ५९ हजारको फूल निर्यात भएको तथ्यांक छ ।
समग्रमा भन्नुपर्दा स्थापनाकालदेखि नै आइपरेका विभिन्न चुनौती तथा समस्यालाई चिरेर सम्भावना खोज्दै पुष्प व्यवसायको समग्र विकास, विस्तार तथा प्रवद्र्धन गर्न लागिपरेको एसोसिएसनले उल्लेख गरेको छ । हाम्रो देशमा वि.सं. २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्प व्यवसाय काठमाडौंमा मात्र केन्द्रीकृत नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौँडा, बुटवल, विराटनगर, धरान, झापालगायतका सहरमा फैलिँदो स्थितिमा रहेको एकातिर छ भने नेपाली पुष्पको बजार अमेरिका र जापानमा समेत लोकप्रिय र माग क्रमशः वृद्धि हुँदै गएको छ ।
अघिल्लो वर्ष नेपालले २ करोड रुपियाँबराबरको पुष्प निर्यात गरेको थियो । यो खेती निरन्तर रूपमा बढ्दै गए पनि पुष्प खेतीको स्थान छनोट र मौसमअनुसारको निर्यातलाई प्रवद्र्धन गर्न सकेमा नेपाली पुष्प युरोप र अमेरिका मात्र नभई खाडी मुलुकहरूमा पनि निर्यात गर्न सकिने प्रबल सम्भावना छ । त्यस्तै गरी जापान र अमेरिकामा मौसमी पुष्प, आलंकारिक बोटबिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनाखरीलगायतका पुष्प निर्यात हुँदै आएका छन् ।
देशमा खेर गइरहेको बाँझो जग्गालाई उपयोगमा लिन सकिने र कम लगानीमा धेरै आम्दानी लिन सकिने भएकाले पनि नेपाली पुष्प खेती र व्यवसायको लोकप्रियता बढ्दै गएको छ । गत वर्ष लगभग २६ करोड रुपियाँको पुष्पको व्यापार नेपालभित्र नै भएको सम्बन्धित क्षेत्रको दावी रहेको छ । फ्लोरिकल्चर एसोसीएसन नेपालका अनुसार अघिल्लो वर्ष ८० लाख रुपैयाँबराबरको पुष्प आयात भएको थियो । गत वर्षभन्दा यस वर्ष पुष्पको खपत बढ्न सक्ने अनुमानका आधारमा १५ प्रतिशत बढाएर पुष्प आयात गर्न लागिएको छ भन्ने सम्बन्धित निकायको दाबी छ । यसमा सरकारले अलिकति प्राथमिकता दिने हो भने आफ्नै उत्पादनबाट स्वदेशी बजारको माग पूरा गर्न सकिन्छ ।
१८ वर्षअघि नेपालको फूलको माग पूर्ति गर्न कुल मागको ८० प्रतिशत आयात गर्नुपर्ने अवस्था थियो, तर अहिले २० प्रतिशत मात्र आयात गरे पुग्ने अवस्था छ । हाल देशमा छिमेकी देश भारत तथा अन्य देशबाट कुल पुष्पको मागको २० प्रतिशत आयात हुने गरेको छ भने हाम्रो देशको उत्पादनले भने ८० प्रतिशतको मागलाई मात्र धानेको छ । यसरी पुष्प व्यवसायको वार्षिक वृद्धिदर १० देखि १५ प्रतिशत रहँदै आएको छ । नेपालमा पाइने गुराँसलगायतका फूलको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययनसमेत भइरहेको एसोसिएसनले जनाएको छ ।