Logo

पर्वत उवासंघमा पौडेल

पर्वत– पर्वत उद्योग वाणिज्य संघको १८ औ अधिवेशनले ठाकुर पौडेलको अध्यक्षतामा २३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । पौडेल यसअघिको कार्यसमितिमा वरिष्ठ उपाध्याक्षको जिम्मेवारीमा रहेका थिए । समितिको महिला सदस्यमा देवी अधिकारी र अनिता सापकोटा निर्वाचित भएका छन् भने अन्य सदस्यमा कमलबहादुर जिसी, रमेश शर्मा लामिछाने, नारायणप्रसाद पौडेल, शेरबहादुर चोचागीं, राजन गुरुङ रहेका छन् ।

त्यसैगरी ढाकाराम सापकोटा, कमल शर्मा लामिछाने, विश्वराज श्रेष्ठ, नारायण पौडेल, प्रदिप तिमिल्सिना, ज्ञानेन्द्र कुमार जोशी, गणेश लामिछाने, कुमबहादुर गर्बुजा, खड्गप्रसाद खनाल, भिमबहादुर नेपाली, बिमल अधिकारी, कृष्णप्रसाद शर्मा, लक्ष्मण शर्मा र शैलेन्द्रकुमार कर्माचार्य निर्वाचित भएको निर्वाचन समितिका संयोजक दिलीपराज शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्