कुमारी बैंकको वित्तीय साक्षरता भिडियो र पुस्तक

काठमाडौं– कुमारी बैंकले वित्तीय साक्षरता प्रवर्द्धन र उद्यमीलाई सशक्तिकरण गर्न महत्वपूर्ण कदम चालेको छ । प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा वरिष्ठ कलाकार दीपाश्री निरौलाको उपस्थितिमा बैंकले यसै वित्तीय साक्षरता भिडियो श्रृंखला र पुस्तक सार्वजनिक गरेको हो ।
बैंकिङ सेवाको विवेकपूर्ण उपयोगलाई प्रवर्द्धन गर्न गहिरो ध्यान केन्द्रित गर्दै, भिडियो श्रृंखलाले व्यवसाय व्यवस्थापन, नगद प्रवाह, बैंकिङ सुरक्षा र सही खाता कायम राख्ने जस्ता अत्यावश्यक विषयमा जोड दिइएको छ । बैंकले भिडियो श्रृंखला र पुस्तकमार्फत बैंकिङ सेवाको प्रयोग, व्यवसाय सुरु र सञ्चालन गर्ने प्रकृयालगायतका विषयवस्तु समेटेको छ ।
उक्त भिडियो श्रृंखला र पुस्तक शहरी क्षेत्रमा मात्र केन्द्रित नभई ग्रामीण क्षेत्रमा आधारित साना तथा मझौला व्यवसायलाई पनि ठूलो टेवा पुग्ने तथा यसबाट व्यवसायीहरुले लाभ उठाउन सक्ने अपेक्षा रहेको बैठकले जनाएको छ । भिडियोमा दीपाश्री निरौला, दमन रुपाखेती, शिवशंकर रिजाललगायतका कलाकारको अभिनय रहेको छ ।