‘सी भ्रमणले सम्भावनाको अथाह ढोका खुल्यो’ «

‘सी भ्रमणले सम्भावनाको अथाह ढोका खुल्यो’

चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले सम्भावनाको अथाह ढोका खुलेको र हिजोका सपनाहरु योजनामा बदलिन सघाएको सरकारका प्रवक्ता एवं सूचना एवं सञ्चार प्रविधि मन्त्री गोकुलप्रसाद बास्कोटाले बताएका छन् । “अब योजनाहरु कार्यान्वयनको तहमा जानेछन् । जसले अबका केही वर्षभित्र नेपालको सम्पूर्ण अर्थतन्त्र, उत्पादन क्षेत्र, बहुआयमिक सामाजिक आर्थिक रुपान्तरणलाई अघि बढाउनेछ,” मन्त्री बास्कोटाले भने ।
सञ्चार केन्द्र नेपालले चिनियाँ राष्ट्रपति सीको भ्रमण, उपलब्धि र कार्यान्वयनका चुनौतीहरु विषयक अन्तरक्रिया कार्यक्रममा उनले २३ वर्षपछिको चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणले भ्रमण ऐतिहासिक र फलदायी भएको तर्क गरे । मन्त्री बास्कोटाले सीको भ्रमणले नेपालभित्र र बाहिर उल्लेखनीय छापहरु छाडेर गएको बताए । “आर्थिक विकासतर्फ लक्षित दीर्घकालीन साझेदारीको कुरा भएको छ, जुन नेपाली जनताको आकांक्षा हो । सुख र समृद्धि हासिल गर्ने त्यसमा चिनियाँ राष्ट्रपतिले हात बढाउने घोषणा हुनु गौरवको कुरा हो,” उनले भने ।

 

प्रतिक्रिया दिनुहोस्