Logo

उपत्यकासहित विभिन्न स्थानमा वर्षा (फोटोफिचर)

तस्बिरहरु/काराेबार

काठमाडौं- पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको छ । न्यूनचापीय प्रणालीको प्रभाव पूर्वी नेपालमा धेरै देखिएको छ । यही प्रणालीका कारण उपत्यकासहित देशका विभिन्न ठाउँमा बिहानदेखि पानी परिरहेको छ ।

बिहान झापा, मोरङ, पाँचथर, खोटाङ, ओखलढुङ्गा, सिरहा, सप्तरी, धनुषा, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, मकवानपुरलगायतका ठाउँमा पानी परेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विशेषगरी कोशी, मधेश र बाग्मती प्रदेशका विभिन्न ठाउँमा मेघगर्जन र चट्यांगसहित वर्षा भइरहेको हो ।

महाशाखाका अनुसार गण्डकी र लुम्बिनीका पहाडी क्षेत्रमा पनि छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ । पूर्वी भेगमा शुक्रबारसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस्