Logo

‘सहकारी प्रकरणले अर्थतन्त्रमा समस्या’

काठमाडौं- नेपाली काँग्रेसका सांसद उदय समशेर जबराले सहकारी प्रकरणहरुको निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठयारो पर्ने बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बैठकमा आ.व. २०८१/०८२ का लागि विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताको सम्बन्धमा भएको छलफलमा भाग लिँदै सांसद जबराले सहकारीहरुले अर्थतन्त्रमा समस्या ल्याएको बताएका हुन् । उनले सहकारीहरुलाई निष्पक्ष छानविन नगरेसम्म अर्थतन्त्र चलायमान हुन अफ्ठयारो पर्ने बताए ।

उनले स्थानीय तहहरुले पूर्वाधारमा खर्च गर्न गाह्रो परिरहेको भन्दै अघिल्लो वर्षको खर्च गर्ने क्षमता हेरेर स्थानीय तहहरुलाई ५० प्रतिशत पैसा पहिल्यै दिनसके पूर्वाधारमा खर्च गर्न सजिलो हुने बताए । सरकारले सडक, ट्रान्समिशन लाइन, कृषि र आइटीका क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्