रमेश कर्पले गर्यो वृक्षारोपण

काठमाडाैं- रमेश कर्पले आफ्ना संस्थापक स्वर्गीय रमेश गुप्ताको जन्मजयन्तीको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । चौथो स्थापक दिवसको अवसरमा काठमाडौंको जगडोलमा वृक्षारोपण कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमकै अवसरमा कम्पनीका अमुल्य कर्मचारीको लगाव र कार्यकुशलताको उचित सम्मान पनि गरिएको थियो । जसले कम्पनीको मूल्य मान्यता र संस्कारलाई जिवित राख्न मद्दत गरेको कम्पनीले जनाएको छ ।
सो क्रममा कम्पनीमा लामो समयसम्म संलग्न भएका सबै कर्मचारीलाई, उनीहरूको समर्पण र कार्यसम्पादनका लागि सम्मान गरिएको थियो ।