Logo

गुहेश्वरी मर्चेण्ट फाइनान्सको वित्तीय साक्षरता

काठमाडौं– गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । फाइनान्सले लमजुङको मध्यनेपाल नगरपालिका–५ समिभञ्याङमा स्थानीय शिक्षक तथा विद्यार्थीबीच वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत तोयराज अधिकारी तथा क्षेत्रीय प्रवन्धक विज्ञान गौतमले सहजीकरण गर्दै आम्दानीको केही प्रतिशत रकम भविष्यमा आउन सक्ने वित्तीय जोखिम बहन गर्न वचत गर्नपर्नेमा जोड दिए । उनीहरुले तथा कर्जा रकम समयमा नै भुक्तानी गर्नुपर्नेमा जोड दिए ।

फाइनान्सले सम्झना माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग तथा स्टेशनरीसमेत वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्