महरालाई आज अदालतमा पेश गरिने «

महरालाई आज अदालतमा पेश गरिने

बलात्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई मंगलबार (आज) काठमाडौं जिल्ला अदालत लगिने भएको छ । थुनामा राखेर थप अनुसन्धानको गर्न म्याद थपका लागि महरालाई अदालत हाजिर गराउन लागिएको हो ।
जिल्ला अदालत काठमाडौंले गत १९ गते पक्राउ पूर्जी जारी गर्दै महरालाई पक्राउ गर्न बाटो खोलेको थियो । अदालतले अनुमति दिएपछि सभामुख निवास बालुवाटारबाट प्रहरीले महरालाई पक्राउ गरेर हिरासतमा राखेको छ ।
महरालाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेपनि दसैं बिदा र विभिन्न सार्वजनिक बिदाका कारण अदालत उपस्थित गराउन सकिएको थिएन । आज अदालतमा उपस्थति गराएर म्याद थप्ने प्रहरी तयारी छ । अहिले महरा नर्भिक अस्पतालमा उपचाररत छन् । उनलाई २३ गते मुटु र स्वासप्रस्वासमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्