Logo

सांग्रिला र दुसित प्रिन्सेस होटलबीच सम्झौता

काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंक र काठमाडौंका लाजिम्पाटमा रहेको पाँच तारे होटल दुसित प्रिन्सेसबीच सम्झौता भएको छ । सम्झौतासँगै बैंकका ग्राहक र कर्मचारीलाई होटलको सेवा लिए वापत २० देखि २५ प्रतिशतसम्म छुट पाउने छन् ।

सम्झौता पत्रमा बैंकका प्रमुख सञ्चालक अधिकृत अपूर्वप्रसाद जोशी र होटलका क्लस्टर महाप्रबन्धक समिर बनर्जीले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार बैंकका ग्राहकले भिषा डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गरी होटलमा खाना तथा पेय पदार्थमा २० प्रतिशत तथा कर्मचारीले खाना तथा पेय पदार्थमा २५ प्रतिशत र आवाश लगायत अन्य सेवामा कर्पोरेट डिस्काउन्ट प्राप्त गर्न सक्नेछन् । साथै बैंकका कर्मचारीलाई भोजका निम्ति हलहरुमा पनि विशेष छुट दिएकोसम्झौता पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्