महालक्ष्मी विकास बैंकको दुई दिने कार्यगोष्ठी सम्पन्न

काठमाडाैं- महालक्ष्मी विकास बैंकले नेतृत्वरसामूहिक एकताको विकास तथा शारीरिक स्वस्थता नामक दुई दिने कार्यगोष्ठीरसेमिनार सम्पन्न गरेको छ । बैंकले गत फागुन २६ र २७ गते चितवनको सौराहामा संस्थाका उच्च व्यवस्थापन तहका पदाधिकारी, विभागीय प्रमुख, प्रदेश प्रमुख, केन्द्रिय कार्यालयका कर्मचारी र शाखा प्रबन्धकहरूको उपस्थितिमा उक्त कार्यगोष्ठी सम्पन्न गरेको हो ।
उक्त कार्यगोष्ठीमा हाल अर्थतन्त्रमा देखिएको मन्दी र नकरात्मकताबीच आगामी दिनहरूमा अवलम्बन गर्नुपर्ने कार्यदिशाका सम्बन्धमा छलफल भएको र यस अवस्थामा बैंकको व्यवसाय विस्तार, ग्राहकहरूको हकहित संरक्षण र उत्कृष्ट सेवा प्रदान गर्न सबै तहका कर्मचारीहरूको सामूहिक प्रयत्न आवश्यक रहने निचोडका साथ सम्पन्न भएको हो ।
साथै यस आर्थिक वर्ष २०८०/८१ को बाँकी रहेको समयलाई अधिकतम उपयोग गरी बैंकको समग्र व्यवसाय विस्तारलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा व्यापक छलफल भएको थियो । उक्त कार्यगोष्ठीमा कर्मचारीहरूको सामूहिक एकता, शारीरिक स्वस्थता, सक्षम नेतृत्व र उच्च मनोबल नै सफलताका महत्वपूर्ण आधारशिला हुन् भन्ने सम्बन्धमा व्यवहारिक अभ्यासहरू समेत गरिएको थियो ।
सबल बैंक, सफल सहकार्यु को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रूपले वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकको देशभर १०३ शाखा कार्यालय र करिब ७ लाख ग्राहक रहेका छन् ।