Logo

उन्नती मेला सम्पन्न

नवलपुर- उन्नती कल्चल भिलेजको वार्षिक उत्सवको अवसरमा चौधरी फाउण्डेशनद्वारा उन्नती मेला सम्पन्न भएको छ । मेलामा हस्तकलाका सामाग्री, कृषिजन्य वस्तु, अर्गानीक उत्पादन, मौलिक खाना, चित्रकला, थाकल, वेत वांस, गहुंको छवालीको चित्र, हस्तकला, पस्मिना, ढाका, घरेलु सामाग्री लगायतको ३० स्टलहरु प्रदर्शनीमा राखिएको थियो ।

उक्त मेलामा बागमती र गण्डकी प्रदेशका करिव ५ सय जनाले सहभागीता जनाएका थिए । मेलाको सहजीकरण प्रिन्सि काफ्ले र चौधरी फाउण्डेशनका निर्देशक सुरवी चौधरीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा विभिन्न मौलिक नृत्यहरु समेत प्रस्तुत गरेका थिए ।

यस्तै, उन्नती कल्चरल भिलेज र साना तथा घरेलु उद्योग महासंघ ललितपुरबीच हस्तकलाका सामाग्रीहरु उन्नती कल्चरल भिलेजमा प्रदर्शनीका लागि राखिने सम्झौता भएको चौधरी फाउण्डेका सिनियर म्यानेजर प्रधान श्रेष्ठले जानकारी दिए । सम्झौतामा फाउण्डेशनका निर्देशक सुरवी चौधरी र महासंघका अध्यक्ष शैलेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका थिए । यसैबीच महिलामा लगानी, सभ्य तथा समुन्नत समाजको थालनी विषयमा प्यानल छलफल गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्