Logo

विभिन्न क्षेत्रका महिलाहरू पुरस्कृत

काठमाडौं– जोन्टा क्लब काठमाडौंले पहेँलो गुलाब दिवसका अवसरमा विभिन्न क्षेत्रका महिलाहरूलाई पुरस्कृत गरेको छ ।

कार्यक्रममा वन्दना राणालाई राजकुमारी हेलेन शाह प्रेरणादायक महिला वर्ष पुरस्कार, सुनिता डंगोललाई अमर राणा गेम चेन्जर पुरस्कार, सरिस्मा बस्नेत र प्रेरणा सापकोटालाई ज्योति छात्रवृत्ति पुरस्कार, खुसी श्रेष्ठ र दीप्ति गौतमलाई इन्द्रकला छात्रवृत्ति पुरस्कार प्रदान गरिएको हो ।

यसैगरी अनसङ शेर्पा, मैया श्रेष्ठ फोटोग्राफर, सुनिता कोइराला बाइक मेक्यानिक, यशोधरा थापा पाइलट प्रशिक्षक र रजनी श्रेष्ठ बडीबिल्डर सम्मानित भएका छन् । जोन्टा क्लबले विभिन्न प्रशिक्षणका कार्यक्रमहरुद्वारा महिलाहरूलाई आर्थिक रूपमा स्वावलम्बी बनाउने, तिनका कौशल र क्षमता बढाउने गोष्ठी, कार्यशाला र सेमिनारहरू आयोजन गर्दै लैंगिक समानता र समतालाई प्रोत्साहन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्