Logo

अटोमोवाइल्स क्षेत्रका समस्या सम्बोधन गर्न नाडाको माग

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग नाडा अटामोबाइल्स एशोसिएसनका पदाधिकारीले भेटवार्ता गरेका छन् । उनीहरुले बिहीबार मन्त्रालयमा भएको भेटमा अटोमोवाइल क्षेत्रमा देखिएका समस्या समाधान गर्न माग गरे ।

छलफलमा अध्यक्ष करण चौधरीले आफूहरुले विगतदेखि उठाउँदै आएका माग सम्बोधन गर्न आग्रह गरे । नाडाले सडक मर्मत सम्भार दस्तुर, सवारी साधन कर, सवारी साधनहरु सडकमा गुडे पछि मात्र सवारी कर लाग्ने व्यवस्था गर्न आग्रह गरेको छ । त्यसैगरी दुइपांग्रे सवारी साधनलाई अत्यावश्यकीय सवारी साधनको रुपमा नीतिगत सहजीकरण समेत नाडाको माग छ ।

सवारी साधन कर तिर्ने र नामसारी व्यवस्था सहज हुनु पर्ने भन्दै नाडाले कर भुक्तानी अनलाइनमार्फत गर्ने प्रणाली हुनु पर्ने र सरुवा सहमतिलाई थप व्यवस्थित बनाउनसमेत आग्रह गरेको छ । सवारी साधन पैठारीकर्ताका लागि छुट्टै डेस्कको स्थापना गर्नुपर्ने भन्दै नाडाले सेवाग्राहीलाई सुविधा, रसिदमा एकरुपता र मोटरसाइकल प्रयोगकर्ता दुवैले हेलमेट लगाउनु पर्ने व्यवयस्था समेत लागु गर्न माग गरेको छ ।

उच्चस्तरका सवारी साधनका लागि हरियो स्टिकर दिने प्रक्रिया लागु गर्न नाडाले माग गरेको छ । मन्त्री महासेठले सवारी साधनको सीसीको आधारमा इम्बोष्ड नम्बरप्लेट जारी गर्न सकिने बताए । उनले मोटरसाइकलको वर्गीकरण सीसीका आधारमा गर्न सकिने भन्दै सवारी साधनका लागि पार्किङ सुविधा सम्बन्धित वडा कार्यालयलाई गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्