सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको निर्देशकमा केडिया

काठमाडौं– सुमित केडिया सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको निर्देशक नियुक्त भएका छन् । कम्पनीको काठमाडौंमा सम्पन्न ३० औं वार्षिक साधारण सभाबाट उनी पब्लिक निर्देशकमा नियुक्त भएका हुन् ।
उनले विगत लामो समयदेखि इन्स्योरेन्स तथा केडिया समूहका अन्य संस्थाको विभिन्न पदमा रही काम गरिसकेका छन् । उनको संलग्नतामा सिद्धार्थ प्रिमियरले आफ्ना ग्राहकलाई थप सेवा प्रदान गरी नेपाली बीमा बजारमा आफ्नो अग्रणी स्थानलाई अझ बलियो बनाउने अपेक्षा गरिएको छ ।