एलजीको निःशुल्क क्याम्प

काठमाडौं– एलजीले गर्मी बढेसँगै नेपालका सम्पूर्ण ए.सी.का ग्राहकलाई लक्षित गरी ‘निःशुल्क ए.सी.सर्भिस र एक्सचेन्ज क्याम्प’ योजना अघि सारेको छ ।
यस योजना अन्तर्गत ग्राहकले कुनै पनि ब्राण्डको ए.सी.मा निःशुल्क सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा उक्त पुरानो ए.सी.मा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्यांकनका साथ एलजीको उच्च गुणस्तरिय ए.सी.सँग साट्न सक्नेछन् । ग्राहकले एलजी नेपालको वेवसाइटमार्फत आफ्नो पुरानो ए.सीको मूल्यांकन आफैं पनि गर्न सक्ने कम्पनीले जनाएको छ ।
यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको ए.सी. खरिद गर्दा १८ प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ । नयाँ ए.सी.मा चार हजार बराबरको फ्री इन्स्टलेशन पनि पाउने बताइएको छ । नयाँ एलजीको ए.सीमा १० वर्षको इन्भर्टर कम्प्रेसर वारेण्टी रहेको छ ।