एनएमबि बैंकको लैंगिक समता र सामाजिक समावेशीकरण योजना

काठमाडौं– एनएमबि बैंकले समावेशी र समतामूलक समाज निर्माणमा आफ्नो प्रतिबद्धता प्रवद्र्घन, गर्दै लैंगिक समता तथा सामाजिक समावेशीकरण योजना सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नीतिले समाजमा विविधता प्रवद्र्घन, सीमान्तकृत समुदायलाई सशक्तिकरण र समुदायमा लैंगिक समानतालाई प्रोेत्सान गरेको दावी गरेको छ ।
सो योजनाले समग्र बैंकिङ प्रणालीलगायत कर्मचारी, ग्राहक र समुदायका विभिन्न आवश्यकता पूरा गर्र्दै पहुँच योग्य, समावेशी र उत्तरदायी बैंकिङ वातावरण सिर्जना गर्न मद्दत पुर्याउने विषयमा विश्वस्त रहेको बैंकले जनाएको छ । बैंकले लैंगिक समता र सामाजिक समावेशीकरण योजना कार्यान्वयन गर्दै, महाराजगञ्ज, ठैव, नक्साल, महेन्द्रचोक, लुभु र वीरगन्जस्थित शाखामा फरक ढङले सक्षम ग्राहकलाई व्हीलचेर र्याम्प स्थापना गरेको छ । साथै, महिला नेतृत्व विकास गर्न देशभरी महिला नेतृत्व कार्यक्रमसमेत सुरुवात गरिसकेको छ । महिला उद्यमीलाई प्रोत्साहन गर्न बैंकले विशेष सुविधासहितको कर्जा पनि उपलब्ध गराएको जनाएको छ ।
बैंकले सबै प्रदेशमा महिलाले नेतृत्व गरेको र महिला मात्र भएको शाखाको घोषणा गरिसकेको छ । बैंकले सुन्दर सुदूरपश्चिम बचत खाता, कर्णाली विशेष बचत खाता, लुम्बिनी बचत खाता, मेरो गण्डकी बचत खाता, अपन एनएमबि बचत खाता, पाथिभरा बचत खातालगायतका प्रदेश केन्द्रित बचत खाताहरु चल्तिमा ल्याइसकेको जानकारी दिएको छ ।