Logo

क्लासिक भ्यू रिसोर्टमा नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डको लगानी

नेपाल इन्फ्रास्ट्रक्चर्स इन्भेस्टमेन्ट फण्डले क्लासिक भ्यू रिसोर्टमा लगानी गरेको छ। ग्लोबल इक्विटी फण्ड, हिमालयन लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा संयुक्त रूपमा प्रवर्धन गरिएको यस फण्डले लग्जरी किसिमको यस रिसोर्टमा लगानी गरेको हो ।

शिवपुरी वन क्षेत्रको मनमोहक दृश्यका साथ बुढानिलकण्ठको पहाडमा अवस्थित क्लासिक भ्यू रिसोर्ट एक लक्जरी पर्यावरण-मैत्री रिसोर्ट होटल हो। हाल क्लासिक भ्यू रिसोर्ट निर्माणको अन्तिम चरणमा रहेको जनाइएको छ । जुन २०२४ मा सफ्ट ओपनिङ गर्नेगरी काम भइरहेको रिसोर्टले जनाएको छ । शिवपुरी जंगलको रमणीय दृश्यका साथ पर्यटकहरुलाई अनुपम अनुभव प्रदान गर्ने यो उच्च स्तरको पर्यावरण मैत्री रिसोर्ट हो ।

फण्डबाट प्राप्त रकम रिसोर्टको निर्माण प्रक्रियालाई अन्तिम रूप दिन र अन्तर्राष्ट्रिय मापदण्ड र प्रोटोकलहरु अनुरूप अन्तर्राष्ट्रिय फ्रेन्चाइज रिसोर्टमा ल्याउन प्रयोग गरिने बताइएको छ। यस लगानीबाट, एनआईआईएफले प्रिमियर लक्जरी पर्यावरण मैत्री रिट्रीट गन्तव्य स्थापना गरी नेपालको पर्यटन क्षेत्रमा योगदान दिन खोजेको छ । ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक डा. मनिष थापाले यस साझेदारी नेपालमा दिगो पर्यटन विकासलाई प्रवर्दधन गर्ने हाम्रो प्रतिबद्धताको एउटा उदाहरण भएको बताए ।

रिसोर्ट घरेलु र अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि प्रमुख गन्तव्य बन्ने हाम्रो विश्वास छ, ‘उनले भने हाम्रो यो लगानीले आकर्षक प्रतिफल दिने मात्र नभई स्थानीय अर्थतन्त्र र समुदायमा दिगो सकारात्मक प्रभाव पार्ने गरी नेपालको पर्यटन क्षेत्रको विकासमा पनि महत्वपूर्ण योगदान पुयाउनेमा हामी विश्वस्त छौं ।’

प्रतिक्रिया दिनुहोस्