फर्कियो शितयुद्ध

वासिङटन-अमेरिका र रुसबीचको शितयुद्ध पुनः फर्किएको छ । यो युद्ध मानिसलेनै सञ्चालन गरेको भएपनि डिजिटलाइज्ड भएको छ ।
ट्रम्प प्रसासनले पनि २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावमा रुसले हस्तक्षप स्वीकार गरेको छ । एफबीआईको स्पेसन काउन्सेल रोबर्ट मुलरले १३ रुसी नागरिक र तीन रुसी संस्थाले अमेरिकामाथि धोखा गरेको सार्वजनिक गरेपछिको अवस्थामा यसलाई ट्रम्प प्रशासनले पनि स्वीकार गरेको हो । रुसले हिलारी क्लिनटनको बिरुद्धमा ट्रम्पको पक्षमा चुनावी नतिजा पार्नका लागि सामाजिक सञ्जालको परिचालन गरेको थियो ।
“मैले यी सबै तस्बिर र पोष्टहरुको सिर्जना गरे र अमेरिकीले यो उनीहरुकै मानिसले लेखेको विश्वास गरे,”इरिना काभेर्जिनाले आफ्नो प्रतिवादमा लेखेकि छन् । प्रतिस्पर्धा चर्को भएको राज्यहरुमा अमेरिकामा रहेका रुसीहरुले ट्रम्प समर्थित जुलुसमा सहयोग गरेको उक्त प्रतिवादमा लेखिएको छ ।एफबीआईले मस्कोले आफ्नो छनौटको राष्ट्रपति ल्याएर वासिङटनमाथि कु गरेको बताएपनि रुसले भने यो अभियोगको अस्वीकार गरेको छ ।
“म यसको बारेमा कुनै जिम्मेवारी लिन्न । तपाई जे पनि प्रकाशित गर्न सक्नु हुन्छ र हामीले अभियोगमा गुणाले वृद्धि भएको पाएका छौ,” म्युनिख सेक्यूरिटी कन्फेरेन्समा लाभरोभले बताए ।
तर अमेरिकी राष्ट्रिय सुरक्षा सलहकार एच आर म्याकमास्टरले समान सम्मेलनमा एफबीआईको अभियोगले देखाएको प्रमाण वास्तावमै विवादपर्ण नभएको बताए ।
एफबीआईको अभियोगले यसलाई हसिठट्टा नभएको बताएका छन् ।
“रुसले २०१४ मा अमेरिका बिरोधी अभियानको थालनी गरेको थियो । यो मैले राष्ट्रपतिका लागि प्रतिस्पर्धा गर्ने घोषणा गर्नुभन्दा धेरै पहिलेको हो । चुनावी नतिजामा कुनै पनि किसिमको प्रभाव परेको छैन,”ट्रम्पले ट्विट गरेका छन् ।
अमेरिका र रुसबीच देखिएको यो युद्धलाई केबल शितयुद्ध मात्रै नभई कोल्ड डिजिटल वार फर्किएको रुपमा हेरिएको छ ।