महालक्ष्मी विकास बैंकद्वारा नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति वितरण

काठमाडौं- महालक्ष्मी विकास बैंकले त्रिनगर माध्यामिक विद्यालय धनगढी, कैलालीमा अध्यनरत छात्रा हिरा कुमारी जोशीलाई कक्षा १० अध्यनका लागि स्वर्गीय नवराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति प्रदान गरेको छ ।
बैंकको एक महत्वपूर्ण संस्था मालिका विकास बैंकका संस्थापक अध्यक्ष स्व. नवराज बहादुर सिंहको स्मृतिमा स्थापित नबराज बहादुर सिंह जेहेन्दार छात्रवृत्ति बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले छात्रा हिरा कुमारी जोशीलाई हस्तान्तरण गरेका हुन् । अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यनमा सहयोग पुर्याउने उद्देश्यले ५० हजार रूपैयाँ बराबरको छात्रवृत्ति उपलब्ध गराएको बैंकले जनाएको छ ।
उक्त कार्यक्रममा बोल्दै बैंकको सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख सुनिल कुमार नेपालले विद्यार्थीहरू देशका कर्णधार भएकोले गुणस्तरीय शिक्षा अपरिहार्य रहेको बताए । विद्यालयका प्रधानाध्यापक भूपाल सिंह खड्काले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तिले गुणस्तरीय शिक्षामा टेवा पुर्याउने जानकारी गराउँदै बैंकले गरेको सहयोग प्रती कृतज्ञता जाहेर गरे ।