Logo

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शाखा विस्तार

काठमाडौं– नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले काठमाडौंको पानीपोखरीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले काठमाडौं महानगरपालिका–३ मा सोमबारदेखि पानीपोखरी शाखा सञ्चालनमा ल्याएकोे हो ।

योसँगै बैंकका शाखा २७० पुगेका छन् । नयाँ शाखाबाट सोमबारदेखि सम्पूर्ण बैंकिङ सेवाहरु सुरु भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत श्री ज्योतिप्रकाश पाण्डेले नयाँ शाखाको उद्घाटन गरेका हुन् । कार्यक्रममा सीईओ पाण्डेले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा दिने बताए ।

प्रतिक्रिया दिनुहोस्