Logo

नयाँ तीन मन्त्रीले लिए शपथ

काठमाडौं- गठबन्धन दलबाट नयाँ तीन जना मन्त्रीहरुले मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार (नेकपा) माओवादी केन्द्रका हितबहादुर तामाङ, (नेकपा) एमालेका पदम गिरी र राष्ट्रिय स्वतन्त्र पार्टीका डीपी अर्याललाई शपथ गराएका हुन् ।

नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टीबीच नयाँ सत्ता समीकरण बनाउने सहमति भएको थियो । नवनियुक्त मन्त्रीहरूले कुन मन्त्रालय सम्हाल्ने भन्ने तय भइसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्